एमालेका ६ सांसद कोरोनाबाट संक्रमित, संसदमा मतदानमा सहभागी हुनेबारे अन्योल


Harek Pal May 4, 2021

काठमाडौं । नेकपा एमालेका ६ सांसद कोरोनाबाट संक्रमित भएका छन् । संक्रमित हुनेमा पूर्वप्रधानमन्त्रीदेखि मन्त्री तथा सांसद रहेका छन् ।

कोरोनाबाट वरिष्ठ नेता एवम पूर्वप्रधानमन्त्री झलनाथ खनाल, संघीय पर्यटन मन्त्री भानुभक्त ढकाल, महिला, बालबालिका तथा समाज कल्याण मन्त्री जुलीकुमारी महतो, पूर्वमन्त्री रघुवीर महासेठ, सांसदद्वय विमला विक र सरिता न्यौपाने संक्रमित भएका छन् ।

उनीहरुको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । खनालबाहेक बाँकी पाँचै जना अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली निकट सांसद हुन् । प्रधानमन्त्रीले विश्वासको मत लिने भएपछि २७ वैशाखमा प्रतिनिधिसभाको विशेष अधिवेशन बोलाइएको छ ।

विशेष अधिवेशनको समयमा उनीहरु बैठकमा भाग लिने पाउने तथा मतदानमा भाग लिन पाउने नपाउनेबारे अहिलेसम्म अन्योल छ । सभामुख अग्निप्रसाद सापकोटा र संसद् सचिवालयले यसबारे टुंगो लगाउन बाँकी नै छ ।