लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् विस्तार


Harek Pal May 4, 2021

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथ यादवले आज मन्त्रिपरिषद्मा तीन नयाँ मन्त्री नियुक्त तथा जिम्मेवारी हेरफेर गरेका हुन् ।

अब प्रदेश मन्त्रिपरिषद् १० सदस्यीय भएको छ। थपिएकाहरुमा चेतनारायण आचार्य आन्तरिक मामिला तथा कानून मन्त्री, भोजप्रसाद श्रेष्ठ स्वास्थ्य तथा जनसंख्या मन्त्री, धर्मबहादुर लाल श्रीवास्तव शिक्षा तथा सामाजिक विकासमन्त्री छन् ।

यसअघि थपिएका मन्त्रीमध्ये हरिप्रसाद रिजाललाई ग्रामीण तथा शहरी विकास मन्त्रालय र कल्पना पाण्डेलाई उद्योग, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ।

बैजनाथ चौधरी आर्थिक मामिला तथा योजनामन्त्री, सन्तोषकुमार पाण्डे भौतिकपूर्वाधार विकासमन्त्री, विजयबहादुर यादव भूमिव्यवस्था कृषि तथा शहकारी मन्त्री र सुमन शर्मा रायमाझी भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा यथावत छन्।