भारतीय अभिनेत्री दीपिका पादुकोणलाई कोरोना


Harek Pal May 5, 2021

एजेन्सी । बलिवुड अभिनेत्री दीपिका पादुकोणलाई कोरोना संक्रमण भएको छ । अहिले उनी श्रीमान रणवीर सिंहका साथमा बैंग्लोरमा छिन् ।

यसअघि उनका बुवा प्रकाश, आमा उजाला र बहिनी अनीषालाई पनि कोरोना संक्रमण भएको थियो । दीपिकाका बुबाको अहिले बैंग्लोरस्थित अस्पतालमा उपचार भइरहेको छ ।

हप्तौँसम्म पनि ज्वरो नघटेपछि उनलाई शनिबार अस्पताल भर्ना गरिएको थियो । प्रकाश सन् १९८० मा प्रतिष्ठित ‘अल इंग्ल्यान्ड च्याम्पियन’ टाइटल जित्ने पहिलो भारतीय हुन् । आमा उजाला र बहिनी अनिषा हाल होम आइसोलेशनमा बसेका छन् ।