चिनबाट ल्याइयो चार सय अक्सिजन सिलिन्डर


Harek Pal May 11, 2021

काठमाडौं । चीनबाट चार सय अक्सिजन सिलिन्डर बोकेर नेपाल एयरलायन्सको एयर बस ए ३३० (वाइडबडी) नेपाल आइपुगेको छ ।

चिनियाँ सहयोगमा पहिलो चरणमा चार सय थान अक्सिजन सिलिन्डर तथा २० भेन्टिलेटर लिएर जहाज नेपाल आइपुगेको हो ।

चीनले नेपाललाई २० हजार थान सिलिन्डर अनुदानमा दिने सहमति गरेको थियो । पछिल्लो समय मुलुकमा दोस्रो चरणको कोभिड फैलिएपछि अक्सिजनको माग ह्यवात्तै बढेपछि । सरकारले सिलिण्डर अभाव भएपछि पहिलोपटक चीनबाट ल्याउन लागेको हो ।

दुई हजार सिलिण्डर जहाजबाट तथा अरु सिलिण्डर स्थलमार्ग भएर नेपालले ल्याउने तयारी गरेको बताइएको छ ।