एकैदिन ९ हजार ३०५ कोरोनाबाट संक्रमित, १६८ जनाको मृत्यु


Harek Pal May 12, 2021

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर नेपालमा ९ हजार ३०५ व्यक्ति कोरोनाबाट संक्रमित भएका छन्। यस अवधिमा १६८ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा २० हजार ३६२ जनाको पीसीआर विधि र ४२४ जनाको एन्टीजेन विधिबाट परीक्षण गरिएको थियो । पिसिआर विधिबाट ९ हजार २३८ र एन्टीजेन विधिबाट ६७ जना संक्रमित भएका हुन्।

नेपालमा हालसम्म ४ हजार २२५ जनाको कोरोनाबाट मृत्यु भएको छ। योसँगै एक लाख एक हजार ६३४ सक्रिय संक्रमित रहेका छन्। पाँच सय १७ व्यक्ति क्वारेन्टाइनमा छन्।

आज देशभर चार हजार ४४४ जना निको भएका छन्।