नेपालगञ्जमा वडा वडामा चिकित्सक परिचालन


Harek Pal May 15, 2021

नेपालगञ्ज । नेपाल चिकित्सक संघ, नेपालगञ्जले होम आइसोलेसनमा बसेका संक्रमितलाई परामर्श दिन चिकित्सक परिचालन गरेको छ।

नेपालगञ्जका २३ वटै वडामा परामर्शका लागि चिकित्सक परिचालन गरिएको संघले जनाएको छ ।

चिकित्सकबाट फोनमै पनि परामर्श लिन सकिने छ । सबै वडाका बासिन्दालाई चिकित्सकको मोबाइल नम्बर उपलब्ध गराइएको छ।

बाँकेमा ठूलो संख्यामा संक्रमित होम आइसोलेसनमा रहेका छन्। होम आइसोलेसनमा बसेकाहरु अन्तिम अवस्थामा अस्पताल आउँदा जोखिम बढेको छ। कतिपयको होम आइसोलेसनमै ज्यान जाने गरेको छ ।