६९औं संस्करणको ‘मिस युनिभर्स’को उपाधि मेक्सिकोकी एन्ड्रिया मेजालाई


हरेकपल May 17, 2021

‘मिस मेक्सिको’ एन्ड्रिया मेजाले ७३ देशका सुन्दरीलाई पछि पार्दै ६९औं संस्करणको ‘मिस युनिभर्स’को उपाधि जितेकी छन् । २६ वर्षीया एन्ड्रियाले यो उपाधि पोल्टामा पारेकी हुन् ।

मेक्सिकोको चिहुवाहुवा सहरनिवासी ५ फिट ११ इञ्चकी २६ वर्षीया एन्ड्रिया सफ्टवेयर इञ्जिनियर हुन्

उनी एक सर्टिफाइड मेकअप आर्टिष्ट र मोडल पनि हुन् । उनी क्रसफिस र एक्स्ट्रीम स्पोर्टसको शौखिन हुन् ।

समाज र जनावरप्रति विशेष सोच राख्ने एन्ड्रिया शाकाहारी हुन् । उनी विश्वलाई नै शाकाहारी भोजनका लागि प्रोत्साहित गर्छिन् ।

उनी चिहुवाहुवाकी आधिकारिक पर्यटन दुत हुन् । एन्ड्रियाले आफ्नो ठाउँमा घुम्न आउने पर्यटकलाई त्यहाँको स्थानीय संस्कृति प्रदर्शन गर्छिन् ।

महिला अधिकारका विषयमा उनी उत्तिकै सक्रिय छिन् । उनले म्युनिसिपल इनिस्टिच्यूट फर वुमेनसँग नजिक रहेर काम गरेकी छन् ।