हराएका शब्दहरु



अन्जना केसी

एक मध्यरात लिपिबद्ध
बिहानकाे लामाे सास
हराएका शब्दहरु
गुमनाम र लाचार।

पागलपन जिवन
मस्तिष्क भित्र
शब्दहरु मारिएको
र पृष्ठ हराएको

अप्रकाशित मन
अप्रमाणित पुस्तक्द्वारा
अलिखित कविताहरु
अर्थहीन शब्दहरु।