कलाकार बिनु शाक्यले भर्चुअल बेली डान्स सिकाउने


Harek Pal June 1, 2021

नेपालका चर्चित कलाकार जसलाई बेली रानीको रुपमा उपनाम पाएकि कलाकार बिनु शाक्यले ७ दिंने बेली डान्सको कार्यशाला अन्लाइन संचालन गर्दैछिन् ।


शाक्यले आफ्नो फेसबुक मार्फत कार्यशालाबारे जनकारी गराएकि हुन् । बिभिन्न कार्यक्रममा उनले आफ्नो बेली डान्स को कला प्रस्तुत गर्दै आएकी छिन् । आज भोलि युवावर्गमा बेली डान्सको क्रेज बढ्दो छ।

त्यसैलाई मध्यनज़र गर्दै बिनु शाक्यले यो कार्यशाला आयोजना गर्न लागेकी हुन् । आफुलाई धेरै इनस्टा /फेसबुकमा फलो गर्न भएकोले बेली डान्स सिक्ने इच्छा राखेको हुनाले पहिलो पटक गर्न लागेकी उनले बताइन् । जून ६ देखी १२ तारिखसम्म हरेक दिन बेलुकी ४ बजे देखि ५ बजे सम्म हुनेछ र शूल्क रु १५०० लाग्नेछ ।