त्रिशूली अस्पताललाई आइसियूलगायत स्वास्थ्य सामग्री हस्तान्तरण


हरेकपल June 3, 2021

नुवाकोट जिल्ला बचत तथा ऋण सहकारी संघले बाग्मती प्रदेशअन्तर्गत त्रिशूली अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

संघमा आबद्ध १६ वटा प्रारम्भिक बचत तथा ॠण सहकारी संस्थामार्फत एकथान आइसियू बेड र एकथान पेसेन्ट मनिटर बिहीबार त्रिशूली अस्पताललाई हस्तान्तरण गरिएको हो ।

बिरामीहरूको उपचार सेवामा अस्पताल परिवार एक्लो नभएर हामी पनि सङ्गसङ्गै छौँ भन्ने भवनाका साथ सहकारी अवधारणा, सिद्धान्त मूल्य ,मान्यता, ऐन नियमावलीलाई आत्मसात सामाजिक उत्तरदायित्व बहन गर्ने सिलसिलामा सो सहयोग गरिएको नुवाकोट जिल्ला वचत तथा ऋण सहकारी संघका अध्यक्ष रमेश श्रेष्ठले जानकारी दिनुभएको छ।

यसभन्दा अघि , त्रिशूली बचत तथा ऋण सहकारी संस्थाले एकथान आइसियू बेड, एकथान पेसेन्ट मनिटर र सङ्गम बचत तथा ऋण सहकारी संस्थाको नेतृत्व मा दुइथान आइसियू बेड र दुई थान पेसेन्ट मनिटर हस्तान्तरण गरिसकिएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।