कलाकार मदनकृष्ण श्रेष्ठ अस्पतालबाट डिस्चार्ज


हरेकपल June 9, 2021

मुटुमा समस्या देखिएपछि शुक्रबार राति गंगालाल अस्पताल भर्ना भएका वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ अस्पतालबाट डिस्चार्ज भएका छन् ।

स्वास्थ्यमा राम्रो सुधार आएको कारण श्रेष्ठलाई बिहान ११ बजे अस्पतालले डिस्चार्ज गरेको पारिवारिक स्रोतले जानकारी दिएको छन् ।

स्वास्थ्य अवस्था सामान्य भएर श्रेष्ठलाई डिस्चार्ज गरिएको र डाक्टरले करिब एक महिना रेष्ट गर्नु सल्लाह दिएको परिवारजनको भनाइ छ । उनलाई दुई सातापछि फेरि रेगुलर फलोअपका लागि बोलाइएको छ ।

श्रेष्ठको मुटुको एन्जियोप्लास्टी गरी दुईवटा स्टयाण्ड राखिएको छ । एन्जियोप्लास्टीपछि स्वास्थ्यमा राम्रो सुधार आएको हो ।

कोरोना संक्रमण भएका कारण दुई पटक अस्पताल भर्ना भएका श्रेष्ठ अघिल्लो सातामात्र डिस्चार्ज भएका थिए ।