४ हजार ३ सय संक्रमित थपिए, ८१ को मृत्यु


Harek Pal June 9, 2021


काठमाडौं ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ३४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ७४ जनाको पीसीआर र ४ हजार ५६८ जनाको एन्टिजेन विधिबाट नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

त्यस्तै, यस अवधिमा ५ हजार ७६८ जना कोरोनाबाट मुक्त भएका छन् ।

त्यस्तै, आज ८१ कोरोना संक्रमितको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा अहिलेसम्म कोरोनाबाट ८ हजार १७९ जनाले ज्यान गुमाएका छन् ।
सरकारले हाल देशभर निषेधाज्ञा जारी गरेको छ । असार १ गतेदेखि खुकुले गर्ने तयारी गरेको छ ।