योगेश भट्टराईको कोटामा मन्त्री बने पहाडी


हरेकपल June 10, 2021

प्रधानमन्त्री केपी शर्मा ओलीले योगेश भट्टराई निकटका सांसद गणेश पहाडीलाई पनि मन्त्री बनाएका छन् ।

नवनियुक्त मन्त्री पहाडी नेकपा एमालेको तर्फबाट सिन्धुली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुन् । पहाडीलाई बिहीबार प्रधानमन्त्री ओलीले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बनाएका छन् ।

पहाडीले प्रधानमन्त्री ओलीले दोस्रोपटक संसद विघटन गरेको प्रति खारेजी माग गर्ने र र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तको विषयमा सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्दा नेता हस्ताक्षर गरेका छैनन् ।

योगेश भट्टराईनिकट मानिएका पहाडी माधवकुमार नेपाल समूहभित्रका मानिएका सांसद हुन् ।