आङ सान सुचीविरुद्ध आधा दर्जनभन्दा बढी आरोपसहित मुद्दा दायर


हरेकपल June 10, 2021

म्यानमारको सैन्य प्रशासनले नेसनल लिग फर डेमोक्रेसी (एनएलडी)की नेत्री आङ सान सूचीविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।

सूचीविरुद्ध ६ मिलियन डलर घुस र सात टुक्रा सुन लिएको आरोप छ । दोषी पाइए उनलाई उनीलाई १५ वर्ष जेल सजाय हुनसक्ने जनाइएको छ।

सैनिक परिषद्ले बिहीबार जारी गरेको एक प्रेस विज्ञप्तिमा भनिएको छ, ‘सू चीले ६ मिलियन डलर घुस र सात सुनका टुक्रा लिएकी थिइन् ।’

यसबाहेक उनीविरूद्ध वाकिटकी राखेको, भ्रष्ट्राचार गरेको, सरकारी जमिनको दुरुपयोग गरेको र कोरोना प्रोटोकल उल्लघंन गरेकोलगायत आधादर्जन भन्दा बढी आरोपसहित मुद्दा चलाइएको छ।