रायमाझीको निधनले नेपाल व्यापार संघलाई ठूलो क्षति


हरेकपल June 10, 2021

काठमाडाैं । नेपाल व्यापार संघका वरिष्ठ उपाध्यक्ष महेन्द्रबहादुर रायमाझीको निधनले संघलाई ठूलो क्षति पुगेको संघका अध्यक्ष कुमार बहादुर कार्कीले बताउनुभयो ।

संघले भर्चुअल माध्यमद्वारा आयोजना गरेको शोकसभामा रायमाझीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उहाँले संघको स्थापनाकालदेखि हालसम्म निर्वाह गर्नु भएको सक्रिय भूमिका सधैँ स्मरणिय रहने बताउनु भयो ।

रायमाझिको निधनको ५ दिन भित्रै उहाँकी आमा गोकुल कुमारी रायमाझी र बहिनि धना कुमारी रायमाझी (बस्नेत) को पनि निधन भएकोले आफू स्तब्ध भएको भन्दै रायमाझी परिवारमा ठूलो बज्रपात भएको कार्कीले बताउनुभयो । शोकसभामा मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरूको परिवारप्रति समवेदना प्रकट गरियो ।