सभामुख सापकोटा शीर्ष नेताहरुसँग छलफल गर्दै


Harek Pal June 11, 2021

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले आज प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरूको बैठक आह्वान गरेका छन्।

सभामुख सापकोटाले दिउँसो २ बजे संघीय संसद भवन नयाँबानेश्वरमा समसामयिक विषयमा छलफल गर्न शीर्ष नेताहरुलाई बोलाएका हुन्।

राजनीतिक दलका प्रमुखहरु र पूर्वप्रधानमन्त्रीहरुलाई छलफलमा बोलाइएको छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि बोलाइएको छ । छलफलमा ओली सहभागी हुने निश्चित भने छैन।

सापकोटाले संसद विघटनविरुद्ध असाधारण कदम चाल्न सक्ने चेतावनी दिएका थिए। सो कदम के हो भन्नेबारे भने उनले केही खुलाएका छैनन् ।