क्रेसिकोभा र पेभ्ल्युचेन्कोभा फ्रेन्च ओपनको फाइनलमा भिड्ने


Harek Pal June 11, 2021

एजेन्सी । चेक गणतन्त्रकी बारबरा क्रेसिकोभा र रुसकी अनास्टासिया पेभ्ल्युचेन्कोभा फ्रेन्च ओपन टेनिसको उपाधिका लागि भिड्ने भएका छन्।

बिहीबार राति भएको सेमिफाइनलमा २५ वर्षीया केसिकोभाले मारिया सक्कारीलाई ७–५, ४–६ र ९–७ अंकले हराइन्।

क्रेसिकोभा र पेभ्ल्युचेन्को पहिलोपटक फाइनलमा पुगेका हुन्।

यसअघि २९ वर्षीय पेभ्ल्युचेन्कोभाले स्लोभानियाकी खेलाडीलाई हराएकी थिइन्। क्रेसिकोभा यसअघि कुनैपनि ग्रान्डस्लाममा दोस्रो चरणभन्दा अगाडि बढ्न सकेकी थिइनन् ।