पश्चाताप



आफ्नै छातीको चितामा
जलिरहेका छन्
सदियौंदेखि
आत्म स्वाभिमानका
अश्रुसिक्त सुकोमल मुजुराहरू ।

प्रेमको स्निग्ध संवेदनशीलता
महकिँदो फूलको स्वराज्य हो
अग्नि स्पर्शका जलनहरू
मेरो धैर्यको परीक्षा लिइरहेका छन् ।

म धरती हुँ
जब धरतीको धेैर्य टुट्छ

विद्रोहमा उत्रन्छ
तिम्रो संकुचित सत्तामा केवल
पश्चाताप मात्र बाँकी रहने छ ।