सहकारीका अवधारणाकार खनालप्रति श्रद्धाञ्जली


Harek Pal June 13, 2021


काठमाडौं ।
काठमाँडौको बाफल स्थित संगठित महिला फोहोर व्यवस्थापन सहकारी संस्थाका अध्यक्ष एवम् संस्थापक रश्मि देवी अधिकारी (खनाल)को निधनले संस्थामा मात्र नभएर समग्र सहकारी अभियानमा समेत ठूलो क्षति भएको राष्ट्रिय सहकारी महासंघका अध्यक्ष एवम् उक्त संस्थाका सल्लाहकार मिनराज कँडेलले बताएका छन्। स्वर्गीय अधिकारीको १३औँ पूण्य तिथिमा भर्चुअल माध्यमबाट आयोजित शोकसभामा श्रद्धाञ्जली व्यक्त गर्दै कँडेलले स्वर्गीय खनाल एक संघर्षशिल र कर्मठ सहकारी अभियन्ताका रूपमा उनलाई स्मरण गरे।

संविधानसभा सदस्य राज्यलक्ष्मी श्रेष्ठले महिलाहरूलाई संस्थामार्फत उद्यमशिलतामा अग्रसर गराउने कार्यमा अधिकारीको भूमिका सधैँ स्मरणिय रहने बताए । २०७० सालमा बिल्कुलै नयाँ अवधारणाका साथ सुरु गरिएको उक्त संस्थाको स्थापनाकाल देखि नै खनालकोसक्रिय भूमिका रहेको र उनी संस्थाको अवधारणाकार मध्ये एक रहेको संस्थाका कोषाध्यक्ष एवम् बागमति प्रदेश बचत तथा ऋण सहकारी संघका लेखा सुपरीवेक्षण समितिका सदस्य रमिला श्रेष्ठ शाक्यले बताए ।

खनालको कोभिड -१९ संक्रमित भई उपचारका क्रममा २०७८ जेठ १८ गते ६३ वर्षको उमेरमा निधन भएको हो ।

खनालअध्यक्ष रहेको संगठित महिला फोहोर व्यवस्थापनसहकारीले सदस्य महिलाहरूको सक्रियतामा घरेलु फोहोरलाई विक्रीजन्य वस्तुमा परिणत गर्न तालिम दिने र पौष्टिक आहारको उत्पादन तथा वितरणको व्यवसाय संचालन गरिरहेको छ ।