धितोपत्र बोर्डको एक विज्ञप्तिले सेयर बजारमा पहिरो


हरेकपल June 16, 2021

मंगलबार नेपाल धितोपत्र बोर्डले ५१ कम्पनीको शेयरमूल्य अस्वाभाविक रुपमा बढेको भन्दै विज्ञप्ति जारी गरेपछि बुधबार सेयर बजारमा पहिरो गएको छ।

यस दिन नेप्से परिसूचक ५२.३९ अंकले घटेर परिसूचक २९६९ अंकमा झरेको छ। यस दिन कारोबार रकममा पनि कमी आएको छ।

हिजो १६ अर्ब ५२ करोड रुपैयाँको कारोबार भएकोमा आज दिनभर कुल १५ अर्ब ४८ करोड रुपैयाँको सेयर किनबेच भएको छ।

माइक्रोफाइनान्सबाहेकका सबै समूह घटेका छन्। सो समूह मात्रै यस दिन १३९ अंकले बढ्यो।

यस दिन बैंकिङ ९, ब्यापार १०३, होटल तथा पर्यटन २०२, विकास बैंक १९४, जलविद्युत १४९, फाइनान्स १७२, निर्जीवन बीमा ४०३, उत्पादन २०४, जीवन बीमा ४०५ र अन्य ७० अंकले घटेका छन्।

गोर्खा फाइनान्स, जोशी हाइड्रो, नेसनल हाइड्रो, छ्याङदी हाइड्रो, आँखु खोला जलविद्युत, बेस्ट फाइनान्स, पन्चकन्या माइ हाइड्रो, घलेम्दी हाइड्रो, पोखरा फाइनान्सको मूल्य करिब १० प्रतिशतले घटेको छ।