सुन र चाँदीको मूल्य घट्यो


Harek Pal June 18, 2021


काठमाडौं । सुन र चाँदीको मूल्य घटेको छ । साताको अन्तिम दिन शुक्रबार स्थानीय बजारमा सुनको भाउ एकैपटक तोलामा एक हजार २०० रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ९० हजार ८०० रुपैयाँ रहेको छ भने तेजावी सुनको भाउ ९० हजार ३०० रुपैयाँ रहेको छ । हिजो बिहीबार छापावाल सुन ९२ हजार रुपैयाँ र तेजावी सुन ९१ हजार ५०० रुपैयाँ रहेकोमा आज घटेको हो ।

यता, चाँदी पनि प्रतितोला ३५ रुपैयाँले घटेर एक हजार ३०५ रुपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार हिजो बिहीबार चाँदी प्रतितोला एक हजार ३४० रुपैयाँ रहेको थियो ।