डब्लूएचओका महानिर्देशकले गरे नेपाली स्वास्थ्यकर्मीको प्रशंसा


हरेकपल June 19, 2021

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का महानिर्देशक डा.टेड्रोस एड्हानोम गेहब्रेयसले नेपाली स्वास्थ्यकर्मीको प्रशंसा गरेका छन् । उनले मुस्ताङमा जोखिम मोलेर कोरोना खोपको बाकस खोला तारिरहेका स्वास्थ्यकर्मीके प्रशंसा गरेका हुन् ।

टेड्रोसले मुस्ताङको छापताङ् खोलामा पाइपको माध्यमबाट कोरोना विरुद्धको खोप राख्ने बाकस तारिरहेकोे भिडियो ट्वीटरमा सेयर गर्दै स्वास्थ्यकर्मीको उच्च प्रशंसा गरेका हुन् ।

अविरल वर्षाका कारण मुस्ताङका खोलामा समेत पानीको सतह बढिरहेको छ । उनले शेयर गरेको तस्बिरमा एक स्वास्थ्यकर्मीलाई खोलापारीबाट भ्याक्सिन राख्ने बाकस दिइरहेको देख्न सकिन्छ । ती स्वास्थ्यकर्मी उर्लिएर आइरहेको खोलको छेवैमा गएर उक्त बाकस लिएका छन् ।

टेड्रोसले कतिपय ठाउँहरुमा तीनै नायकहरुले अझै पनि खोप पाउन नसकेको गुनासो समेत आइरहेको बताउँदै के यो जायज हो ? भन्दै प्रश्न समेत गरेका छन् ।

महानिर्देशक टेड्रोसले उक्त भिडियो सेयर गर्दै स्वास्थ्यकर्मीले यो साहसका साथ जीवन रहेका लागि काम गरिहेको बताएका छन् ।