सुन र चाँदीको मूल्य घट्यो


Harek Pal June 20, 2021


काठमाडौं । सुन चाँदीको मूल्य आज पनि घटेको छ । आज सुन आज तोलामा आठ सय रुपैयाँ घटेर तोलाको ९० हजार पुगेको छ ।

सुनको भाउ बिहीवार तोलामा एक हजार एक सय रुपैयाँ घटेर तोलाको ९२ हजार रुपैयाँमा झरेको थियो । त्यस्तै गएको बुधवार सुन तोलाको ९३ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको भाउ पनि १५ रुपैयाँले घटेको छ । शुक्रवार तोलाको १३ सय पाँच रुपैयाँमा कारोबार भएको चाँदी आज भाउ घटेर तोलाको १२ सय ९० रुपैयाँमा कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।।