जीवनमा साथ छाडे पनि अञ्जु र मनोजले गायनमा साथ छाडेनन् (भिडियोसहित)


हरेकपल June 30, 2021

गायिका अञ्जु पन्त र गायक तथा संगीतकार मनोराजले जीवनमा एक–अर्काको साथ छाडे पनि गायनमा भने साथ छाडेका छैनन् । यी दुईबीचको सांगीतिक सहयात्राको परिणाम स्वरुप ‘तिमी आयौ जिन्दगीमा’ बोलको गीत सार्वजनिक भएको छ ।

सुरेश वाग्लेको शब्द रहेको गीतमा मनोजराजको नै संगीत छ। सुव्रतराज आचार्यको निर्देशन रहेको भिडियोमा गीतकार वाग्ले र उनकी श्रीमती प्रमिला कार्की फिचर्ड छन्।

मनोज र अञ्जुले झण्डै एक दशकभन्दा लामो समयपछि सहकार्य गरेका हुन्। तीन वर्ष अगाडि नै रेकर्ड गरिएको गीत हाल म्युजिक भिडियोसहित सार्वजनिक भएको हो ।

उत्सव दाहालको छायांकन र विकास दाहालको सम्पादनमा म्युजिक भिडियो बजारमा आएको हो।

यस्तो छ म्युजिक भिडियो