कमेडी च्याम्पियन सिजन–२ आजदेखि


Harek Pal July 2, 2021

काठमाडौँ । कोरोना भाइरसको संक्रमणका कारण रोकिएको रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन–२’ आजदेखि पुनः सुरु हुने भएको छ ।

करिब दुई महिनादेखि रोकिएको शो आजदेखि नियमित रुपमा हुने निर्देशक विशाल भण्डारीले जानकारी दिए ।

कार्यक्रम प्रसारणका लागि गत आइतबार उत्कृष्ट नौ प्रतियोगीको प्रस्तुति छायाँंकन गरिएको छ । त्यसक्रममा स्वास्थ्य–सुरक्षाका सम्पूर्ण मापदण्डहरु पुरा गरिएको भण्डारीले बताए ।

कार्यक्रममा निर्णायकका रूपमा अभिनेत्रीद्वय करिश्मा मानन्धर र रेखा थापा रहेका छन् । यस्तै सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई, ऋचा शर्मा पनि नियमित निर्णायकका रुपमा रहेका छन् । यस शोका निर्माता केकी अधिकारी, रिमा विश्वकर्मा, विशाल भण्डारी र राज घिमिरे हुन् ।