कांग्रेसका युवा नेताहरुमा विचार भन्दा अवसरवाद हावी भएको देखियोः श्रेष्ठ



नेपाली काँग्रेसको १४ ओैं महाधिवेशनका सन्दर्भमा युवा नेता तथा नेपाली काँग्रेस टोखा- ४ का सभापति रबिन्द्र श्रेष्ठसंग हरेकपल संवाददाताले गरेको अन्तर्वाताका मुख्य अंशहरु:-

-रबिन्द्र जी तपाईं पार्टीको सभापति,सहकारी लगायत विभिन्न संघसंस्थाहरुमा प्रमुख भूमिकामा रहने मात्रै नभएर निकै सक्रिय पनि देखिनुहुन्छ।यसको लागि समय कसरी मिलाईरहनु भएको छ?

समय व्यवस्थापन हो। व्यवस्थापन गर्न नसक्दा कहिलेकाही अस्तव्यस्तै जस्तो पनि हुन्छ । तथापि केही व्यस्त भएपनि आफ्नो जिम्मेवारी के हो भन्ने थाहा भएपछि बैठक,कार्यक्रममा सहभागी हुनु त सामान्य नै भैहाल्यो।यस बाहेक समयमा गर्नुपर्ने कामहरु र छिमेकी टोलवासी समुदायले खोजेको पलमा उपस्थित हुन सकेको छु।विभिन्न निकाय र उपभोक्ता समितिहरुबाट भैरहेका कामहरु पनि निरिक्षण गर्न भ्याएको छु,साथै टोल समुदायको आवश्यकता र मागहरुबारे जानकारी राखि वडा र सम्बन्धित निकायमा ध्यानाकर्षण गराउंदै आएको छु,यसैमा खुशी छु।

अघिल्लो लकडाउनमा धेरै अत्यावश्यकीय क्षेत्रमा सहयोग गर्नु भएको थाहा पाईयो।यसपटकको लकडाउनमा के कति राहत बांड्नु भयो?

निश्चितरूपमा अघिल्लो लकडाउनमा जनचेतना र सुचना प्रवाह गर्ने सवालमा आदरणीय जनसमुदायलाई लकडाउनको पालना गर्न सुचना र जनचेतनाको विविध माध्यमबाट अनुरोध गरेतापनि जिम्मेवार दलको प्रतिनिधि भएपछि घरबाहिर निस्कनै पर्ने हुन्छ।आफ्ना शुभचिन्तक र नागरिकले खोजिराख्ने भएकोले “ल हामी आएका छोैं है” भनेर त्यसै मुख देखाएर डुल्ने नभै राहत वितरणको लागि लगत संकलनमा वडालाई सहयोग गर्न,कोरोना रोकथाम सम्बन्धिका बैठकहरुमा रचनात्मक सहभागीता,स्थानीय क्लब/संघसंस्थाको सहकार्यमा टोल टोलमा डिस्ईन्फेक्टेन्ट छर्ने,फोन,मेसेन्जर र मास्क सहितको पत्राचार र भेटघाट मार्फत हालखबर बुझ्ने मात्रै नभएर आफ्नै पहलमा मानव विकास समाज नेपालबाट टोखा ४,६ र ८ मा उल्लेख्य राहत हस्तान्तरण,अन्य संघ र व्यक्तिगत तवरबाट पनि यसबिचमा टोखा २ मा भएको रक्तदानमा सहयोग,टोखा ३ र ८ मा संचालित खाना खुवाउने कार्यक्रमका लागि पकाउंने ग्यांस सहयोग गर्ने,टोखा ४ मै स्वास्थ्य स्वयंसेविकाहरुलाई मास्क,सेनिटाईजर,थर्मलगन र ग्लोब्स वितरण गर्नुको साथै टोलका सक्रिय सामुदायिक क्लब र संस्थालाई पनि सक्दो ग्लोब्स र विशेष सर्जिकल मास्कहरु वितरण गरियो।

यसपटकको लकडाउन पनि लामै समय लगभग २ महिना भएतापनि राहतको लागि खासै खोजिनीति वा माग गरेको पाईएन।तैपनि पछिल्लो समय केहिले तत्कालै गाह्रै भाको त होईन,पाए हुन्थ्यो भन्ने आशय व्यक्त भएकोले केहिलाई राहत दिईएको छ।पहिलेको जस्तो अवस्था र समस्या अहिले होईन।जनसमुदाय सचेत हुंदाहुंदै पनि कोभिडको परिवर्तित स्वरुप र त्यसको प्रहारले पारेको सकस अलि गम्भीर भएको र अक्सिजनको कमीले मच्चिएको हाहाकारले अलि चिन्तित तुल्यायो।टोखा ४ का धेरैजसो टोलमा घरघरै यसबाट संक्रमित हुनपुग्यो।तर अधिकाँशले घरमै बसी सकारात्मक सोच र धैर्यता राखि कोरोनामाथी बिजयी हुनु भएको छ।एकाध जनाले आत्तिएर फोन गरेपनि खासै हस्पिटलाईज हुनु परेन।एक जनाले भने बेड मिलाईदिन भन्नु भयो संगठनका साथीहरूसित समन्वय गरि महेन्द्र नारायण निधि अस्पतालमा मिलाईयो।कतिपयको छिमेकी र नातापाताको सहयोगबाट निप्ट्याईएको पाईयो। बरु अब लकडाउन खुकुलो भएसंगै आम नागरिकबाट आफ्नो जीजिविषाको लागि चलमलाउने क्रममा स्वास्थ्य सुरक्षा सजगता चाहि खुकुलो नगरुन् भन्ने चाहन्छु।

-अब अधिवेशनतिरै केन्द्रित होओैं न, १४ ओैं महाधिवेशन कतिको लागिराछ त?भेटघाट दोैडधुप कतिको बढाउंनु भाको छ?

संगठनको जिम्मेवार व्यक्ति भएपछि सांगठनिक कर्ममा निरन्तर लागिरहनुपर्ने र सोही अनुरुप होमिरहेको छु।समाज र राष्ट्रको लागि राजनीतिको खास आवश्यकता,नेपाली काँग्रेसको उद्देश्य र महत्त्व बुझी तदनुरुप नै आफ्नो निष्ठा,स्वभाव जिम्मेवारी बोध गरि २०५१/५२ सालमा नेविसंघ स्कुल ईकाई समिति सचिवबाट संगठनमा ओैपचारिक प्रवेश भएसंगै नेपाल तरुण दल काठमाडौं जिल्ला सदस्य हुंदै १३ ओैं महाधिवेशनमा टोखा ४ को प्रथम अधिवेशनबाट सभापति निर्वाचित हुनु अघि देखि नै आवश्यक मात्रामा सांगठनिक कर्म र प्राप्त जिम्मेवारी निर्वाह गर्दै आएको हुंदा उन्नत र सोैम्य सोच,अग्रगामी विचार एवं दिने भावना र निर्माण गर्ने भन्ने एउटा पवित्र सामुहिक संकल्पलाई जन्म दिने र त्यसलाई हुर्काउने र उभ्याउने संस्कार भन्दा पनि संस्कारको नाउंमा त्यसलाई ढाल्ने खाले कुप्रवृत्ति,अति उग्र महत्वाकांक्षा,अधैर्य,कुण्ठा,ईर्ष्या,पूर्वाग्रह,प्रतिसोध र पद तथा अन्य भोैतिक सान प्राप्तिको अतिसय चाहनाको क्षणिक तुष्टिको लागि मरिहत्ते गरेर महाधिवेशनमा मात्र केन्द्रित भई बढाईने सक्रियता र दोैडधुप जसले समग्र राजनीतिक संस्कारलाई नै विकृत गरिरहेको छ त्यस्ता दोैडधुपप्रति खासै आकर्षित हुन सकिरहेको छुईन।शुभेच्छुक साथीहरुसितको भेटघाट र कुनै न कुनै कार्यक्रम क्रियाशिलता त सांगठनिक जीवनको पनि नियमित र दैनन्दिन कर्म नै भयो नि।

-भनेपछि समग्र टोखा नगर क्षेत्र कै राजनीतिक र सामाजिक वृत्तमा नगर वा क्षेत्रलाई नै कुनै न कुनै रुपमा नेतृत्व गर्न सक्ने एउटा आशा लाग्दो युवा नेताको रुपमा चर्चा हुने गरिएता पनि तपाईंले माथिल्लो तहमा नजाने सोच राख्नु भएको हो र?

वास्तवमा, टोखा नगर र क्षेत्रमा हुने गरेको आशा र चर्चा अनुसारको भूमिका निर्वाह गर्न सक्छु भन्ने सहज आत्मविश्वास छ।यो आत्मविश्वास विचार र व्यवहारमा देखेरै होला साथीहरुले अहिले टोखा नगर कार्यसमितिको लागि अहिले देखिएको भन्दा फरक धारको नेतृत्व गर्न एउटा प्रस्ताव आएको छ।फरक-फरक अग्रज नेतृत्वगणबाट जिल्ला सदस्य सहित क्षेत्रीय कार्यसमितिको सभापति बाहेकको महत्त्वपूर्ण भूमिकाको लागि पनि मैले ओके भनिदिनु पर्यो भन्ने सघन प्रस्ताव आएकोले छलफलमा व्यस्त छु।नेपाली कांग्रेसकै नेतृत्वमा बनेको संविधानको कार्यान्वयन र समृद्धिको नारालाई व्यहारमा उतार्न,आफ्नो सोचलाई प्रयोग र अभ्यास गर्न सकिने महत्त्वपूर्ण स्थानको रुपमा प्रदेशसभा क्षेत्रीय समितिको नेतृत्वमा विशेष नजर पुर्याईरहेको छु।माथिल्लो तहमा जाने भनेको सोच,संगठन,नेतृत्व,व्यवहार र संस्कार सहित जाने हो। ताकी अतिसय महत्वाकांक्षाले व्यग्र भै जहांसुकै गएर जस्तोसुकै हर्कत गरि व्यक्ति आफू मात्र जाने वा कुनै गुट वा क्याम्पको जबर्जस्त बुंख्याचा भै उभिने होईन।तसर्थ यस मामलामा अहिले आफ्ना साथी र शुभेच्छुकहरुसित सरसल्लाह र परामर्शमा चांहि छु।

-नगर समिति र क्षेत्रीय कार्यसमितिको महत्त्वपूर्ण पदहरुमा समावेश गरि समुहलाई सबल बनाएर जाने कुरामा तपाईं जतिको नेतृत्वलाई सहजै अफर आउनु स्वभाविक नै हो तर तपाईंको आशय अनुसारकै नेतृत्वमा दाबी वा ईच्छा गर्न त अलि ढिलो भएन र ? कि अनलाईन खबरमा आएजस्तो वडामै रहने हो ?

अहिलेको राजनीतिक बजारमा काम भन्दा बेसी हल्ला गर्ने।हल्लै गरेर मतदाताको दिमागमा ठाउं बनाईराख्ने र यो पटक हल्ला गरेर अर्को पटकलाई जग हाल्ने वा लाईन क्लियर गर्ने भन्ने जस्तो प्रवृत्ति आम बन्दै छ।तर राजनीति प्राप्ति मात्र होईन,समाधानको साधन बन्नु पर्छ र संग्लिनुपर्छ भन्ने मत राख्ने भद्रभलाद्मी र समझदार मतदाताहरुले त्यस्तो पात्र र प्रवृत्तिलाई वाच गरिरहेको अवस्था देखिरहेको छु।तसर्थ केवल हल्ला पिट्ने र आश र त्रास सहित जबर्जस्त छाउने अवसरवादी चरित्रले मात्रै पनि नेतृत्वको लागि दाबी पुग्छ भन्ने लाग्दैन है।

खास व्यक्तित्व र नेतृत्व चिन्न केही समय पक्कै लाग्छ।लामो समयसम्म टिकाउ हुने किसिमको सोच र व्यवहारमा त्यो झल्किन जरुरी छ।तसर्थ अहिले तत सम्बन्धि कै आन्तरिक छलफल र वडाकै अधिवेशन पनि पार लगाउनुपर्ने जिम्मेवारीले गर्दा अलि व्यस्त नै हुनुपर्नाले नेतृत्वप्रति खास ईच्छा व्यक्त गर्न ढिला भाको हो कि जस्तो लाग्नु स्वभाविक हुन पनि सक्छ।

अर्को कुरा अनलाईनमा आको जस्तो हो कि भन्ने कुरा आयो।त्यो कुरा आ-आफ्नो बुझाई, सहजता,अनुकूलता,सोच र सदासयता अनुसार आको होला भन्ने लाग्छ।तर टिमका साथीहरुको मनोभावना पनि बुझ्दैछु।अबको एक पटक पनि सर्वसम्मत सभापति रहनुभन्ने उहांहरुको आशयलाई सम्मान गर्नु पनि स्वभाविकै हुन सक्छ।

-१४ ओैं महाधिवेशनलाई कसरी नियाली रहनु भएको छ ? केन्द्रीय नेतृत्वमा कस्को संभावना मजबुत होस् भन्ने देख्नु हुन्छ?

हेर्नुस,वास्तवमा भन्नु पर्दा देशमा जनतालाई अभिव्यक्ति स्वतन्त्रता,आफ्नै शक्ति र क्षमतामा विश्वास गरि आ-आफ्नो विचार निर्माण गर्ने संगठित हुने,व्यक्तित्व विकास र पेशा व्यवसायको स्वतन्त्रता लगायत लोकतान्त्रिक मूल्य मान्यता र देश विकासको भागीदार र जिम्मेवार नागरिक स्वयं हो भन्ने भावनाको विकसित नागरिक चेत त नेपाली काँग्रेस नेतृत्वकै ध्येय बमोजिमका गतिविधि र कार्यक्रमहरुबाट सम्भव भएको हो नि।धेरै जसो राष्ट्रिय समस्याहरुको समाधानमा अहं भूमिका निर्वाह गरि सामयिक विचार र मुद्दा अनुसार अघि बढेको पार्टी हो नि।

तर अहिले हेर्नुस् त आफ्नै अग्रसरतामा जारी गरिएको लोकतान्त्रिक संविधान कार्यान्वयनको हालत कस्तो छ? वर्ष दिन पहिलेको चुच्चे नक्सा काण्ड ओलीको उपयोगितावाद देखावटी नीतिको उपज मात्र हो भन्ने थाहा हुंदाहुदै पनि उस बखत म जस्तो सामान्य कार्यकर्ताले नक्कली राष्ट्रवाद हो भनी बोल्न र लेख्न समेत नसकिने परिस्थिति र अहिले सामसुम्य भएको विकसित फेसबुके उग्र-राष्ट्रवाद।देशको युवा पुस्तामा देखिएको यस्तो अती अधैर्य र कोठाको निहुंमा कोटाको कुरा ल्याउने असहिष्णु संस्कार र बुझाई सघन बन्दै गएको सामाजिक परिवेश।अहिले निर्धक्कसंग देशको सिमामा एकपक्षिय रुपमा बनिरहेको बाटो,त्यसप्रति पछिको राष्ट्रिय बेवास्ता।छिमेकले पटक पटक सिमा मिचिरहने र हामीले सहिरहनुपर्ने बाध्यता।यत्रो गम्भीर विषयलाई पनि राजनीतिक लाभहानीको लागि कम्युनिस्टहरु बेला बेलामा उछाल्ने मोैसमी राष्ट्रवादको खेती।पार्टी भित्रै पनि निर्वाचनपछिको परिणाम नस्वीकार्ने,असहयोग गर्ने,भागबण्डा गर्ने र जति नेतृत्वलाई खुल्याउन सक्यो त्यति नेै आफ्नो अवस्था मजबुत भएको देख्ने मतलबी संस्कृतिले कहांसम्म पुर्याउने हो ?

भुराजनीतिक जटिलताको कारण असाध्यै हाउगुजी बनिरहेको एमसिसि सम्झौताको पुनरावलोकनको सम्भाव्यता र स्पष्टसंग यसको निदान नभएमा निम्तिन सक्ने दुर्घटना वा दुरगामी क्षति अथवा लाभकै सम्बन्धमा पनि कतिको स्पष्ट पारेर जाने?कोभिड महामारी र हेलम्बुको बाढि पहिरो जस्तो महासंकटबाट कसरी देश र जनतालाई त्राण दिन यथाशीघ्र परिणाममुखी काम गर्ने संस्था र संयन्त्रहरु निर्माण गर्ने।

निर्माण सम्पन्न नहुंदै उद्घाटन गरि राजनीतिक पूंजिकृत गर्न हतारिने प्रचारबाजी हावा प्रवृत्ति,जसले सबै दलका युवाहरुलाई झन् अधिकतम गांजेको छ।

यसको समाजशास्त्रीय सांस्कृतिक वा मानवशास्त्रीय लगायतका आवश्यक कोणबाट व्याख्या विश्लेषण हुनुपर्ने कि नपर्ने ? देशको अति महत्त्वपूर्ण काठमाडौं उपत्यकामा खानेपानी स्रोतको उपलब्धताको लागि प्रतिक्षित योजना मर्मत सम्भारको लागि अब कतिको द्रुत गतिमा लाग्नुपर्ने हो ?फेरि निर्माण गर्दागर्दै वा उद्घाटन नजिकिदै गर्दा भत्किने पुल बनाउने पप्पुलाई नै ठेक्का दिनुपर्ने बाध्यकारी प्रवृत्तिलाई कतिको थेगिराख्ने ? विकास र पक्की संरचनाको नाउंमा कमिसन चक्करमा रुमल्लिएर केवल ढलान गर्ने चलनले भाषणको ‘कि ओर्ड’को रुपमा मात्र सिमित शहर बजारको दिगो विकासलाई कतिको मूर्त रुप दिने हो ?

समृद्धिको लागि बैदेशिक ऋण र अनुदान लिदै कार्यकर्ता पाल्ने मानसिकताले कनिका छर्दै जाने कि ? पूंजी र रोजगारी सृजना,उत्पादन,बजारीकरण र दिगो आर्थिक वृद्धिको जग बसाल्दै जाने हो ? सांच्चिकै चिन्तित भएर सांच्चिकै विज्ञको कुरा सुन्ने र लागू गर्न त्यस्ता नवीनतम् सोच भएका पेशा व्यवसायका व्यक्तिहरु(केवल नाफाखोर मानसिकता राखी कर छल्न प्रवृत्त होईन)लाई भित्र्याउन कसरत कसले गर्ने?यसको लागि पार्टीको विधानमै यथोचित व्यवस्था गर्न आवाज उठाउने कि आफू विशेष क्षमतावान् देखिन र आफूप्रति आकर्षित गर्नको लागि विज्ञ बन्ने सम्भावना भएकाहरुलाई पहिले नै नियुक्ति दिने र दिलाउंदै हिंड्ने ? यस्तो हतार मानसिकता र चरित्रले समाज र देशको राजनीति कस्तो होला ?

के यस्ता अनेकोैं विषय र मुद्दाहरु छैनन् र नेपाली काँग्रेस पार्टी,१४ ओैं महाधिवेशन र नेतृत्वलाई असाध्यै उपलब्धिमूलक,परिणाममुखी,स्मरणीय र जिवन्त बनाउने ? के यस्ता मुद्दाहरु माथि बहस गर्ने थलो बन्न सक्छ त महाधिवेशन ?

केहि थोरै नेताहरुबाट विषयबस्तु केन्द्री बहस उठान गरेको छनक देखिन्छ तथापि सम्भावना भएका,आशा गरिएका र विकल्प खोजिरहेका भनिएका नेताहरु आफैले पनि केही मुद्दै नभएको जस्तो शक्ति केन्द्रहरुलाई रिझाएरै भएपनि नेतृत्व शक्ति हत्याउनकै लागि मात्र भएपनि पुराना र देशमा द्वन्द सृजना गरि पछाडी फर्काउने मुद्दाहरुको सहारा लिनुपर्ने चैं किन ?

राज्यको केही खास राजकीय अभ्यासमा कुनै खास धार्मिक क्रियालाई अंगालेपनि आधुनिक राज्यको चरित्र समानुपातिक समावेशी लोकतन्त्र नै भएकोले धार्मिक स्वतन्त्रताको अझ सघन र स्पष्ट शब्दावली धर्म निरपेक्ष भएपनि संविधान निर्माणताका धर्म निरपेक्षको सट्टामा हिन्दु बाहुल्यको धार्मिक स्वतन्त्रता भएको राष्ट्र भन्ने जस्ता शब्दावली परेको भए यस विषयलाई लिएर कट्टर हिन्दुवादीहरुमा त्यति असन्तुष्टि रहन्थेन कि जस्तो लागेतापनि अहिले यो कुरालाई कोट्याउनु भनेको पेण्डोराको बाकस खोले सरह हुन सक्छ भन्ने कुरा बुझ्दा बुझ्दै धार्मिक कुराको वैसाखी टेकेर मात्रै नेतृत्वमा आउन खोज्नु त सुधार भन्दा घोर पश्चगामी कदम सावित हुन्छ।

यसले यथास्थितिको जग मजबुत पार्ने भन्दा अर्थोक गर्दैन नि । नेतृत्वमा आउन चाहने उदीयमान नेतृत्वहरुले समयानुकूल कुनै नवीनतम राजनीतिक विजिनेस देख्न नसकेको त पक्कै होईन होला।यसरी राजनीतिक बजारमा चलेको हावाको बहाव अनुसार मात्र चल्ने हो भने नेतृत्व त हात पर्ला तर देशमा आईपर्ने महासंकटको समाधान गर्ने साहस र राष्ट्र निर्माणको लागि सारा जनताको हृदय छुने किसिमले कलिङ्ग गर्न सक्ने,दृढ संकल्पवान् एकजना राजनेता (जो अहिलेको आवश्यकता हो) जन्माउन सक्ने गरि त्यो व्यक्तिले पार्टी हांक्ने कल्पना कोरा साबित हुन्छ।बजारु र हावा कुरा गर्ने भए ओलीको विकल्प किन खोज्नु त,कि कसो?त्यस कारण देशको अवस्था र आवश्यकतालाई हेरि आखिर राजनीति किन र के का लागि भन्ने नै पुनर्परिभाषित हुनुपर्ने देख्दैछु।

यस आधारमा महाधिवेशन कस्तो होला र कस्तो नेतृत्व?भन्ने बहस भन्दा पनि केही अघिका महाधिवेशनहरुमा झैं को र कसलाई भन्ने कुरामै केन्द्रित हुने सहजै अनुमान लगाउन सकिन्छ।

-त्यसो भए पार्टी र दलीय प्रणालीप्रति युवापुस्ताको निराशा बढेकै हो त?

निराशा बढेको भनुम भने क्रियाशील सदस्यता नै करिब नोै लाख पुगिसकेको अवस्था छ।परिवर्तन चाहने भन्ने परिवर्तनकारी शक्ति भनिने नयां पुस्ताका युवाहरु झन् व्यग्रताका साथ जुनसुकै तिकडम अपनाएर भएपनि शक्ति संचयमा लागिरहेको देख्दैछु।यस हिसावले पार्टीप्रति आकर्षण घटेको भन्न सकिने अवस्था छैन।

तर दुई तिहाईको कम्युनिस्ट सत्ताले केही तात्विक काम गर्न नसकि जनतालाई सकस दिएको तथ्यको भुक्तभोगी तीन करोड जनतालाई त आखिर थाहा भयो कि उपलब्ध दलहरुमा तुलनात्मक रुपमा गल्ती कमजोरीका बावजुत देश,जनता र लोकतन्त्रको लागि भरोसायोग्य पार्टी त नेपाली काँग्रेस नै रैछ त्यस कारण यो पार्टीले आफ्नो ईतिहासको क्रान्तिकारी चरित्रलाई स्मरण गर्दै केही कमजोरीहरु सच्याई माथि अघि भने झैं जिम्मेवारीहरु पूरा गर्नुपर्छ भन्ने त परेकै छ नि।हो नेपाली काँग्रेसले अब पनि यस किसिमको जिम्मेवारीमा खरो उत्रन सकेन भने तत्पश्चात पक्कै पनि दलिय व्यवस्थाको ओैचित्य माथि प्रश्न उठाई यसको विकल्पमा उत्रने वातावरण रातारात तयार हुन के बेर ? यसप्रति चासो र चिन्ता कुन दललाई छ त?वैकल्पिक शक्तिको रुपमा आएका दलहरुले पनि यसको आकाश थाम्ने क्षमता बनाईसकेको अवस्था छैन भनेपछि जोसुकैले रिसराग,आग्रह पुर्वाग्रह राखेपनि अघि सर्नुपर्ने पार्टी नेपाली काँग्रेस नै हो नि जसको गर्ने हरेक साहसी नव निर्णयले देशैभरि तरंग सृजना गर्न सक्छ।

त्यस कारण युवाहरूको मुखले हो हो भनेपनि व्यवहारमा देखिनुपर्ने संकल्प,समन्वयकला, अनुशासन,सृजनशिलता,चारित्रिक शुद्धता र गाम्भीर्यता होस भन्ने चाहन्छु।नत्र उमेरका आधारमा मात्र हुने पुस्तान्तरणको खासै तुक रहन्न।

-युवा पुस्ताप्रति नै भरोसा नभएको जस्तो बुझियो त। उसो भए यो पटक पनि शेर बहादुर देउवा र रामचन्द्र पोैडेल मध्येबाटै नेतृत्वमा आउंछन् वा आओस् भन्ने मनसाय हो त?

मैले तपाईको प्रश्नहरुको जवाफ दिने क्रममा को भन्दा पनि कस्तो हुनुपर्छ भन्ने आशयमा धेरै शब्दहरु खर्च गरिसकेको छु।संक्षेपमा भन्दा व्यक्ति भन्दा व्यक्तित्व खोज्ने हो हामीले।पा त्र भन्दा पात्रता वा प्रवृत्ति परिवर्तन जरुरी छ भन्ने लाग्छ। तसर्थ उमेरले युवा भएपनि प्रवृत्ति युवा हुन सकेन। भन्नाले राजनीति विचार र सिद्धान्तले बढि निर्देशित हुनुपर्नेमा युवाहरुमा विचार भन्दा अवसरवाद हावी भएको देखियो।सत्य निष्ठावान् सहयोग समन्वय रचनात्मक र सृजनात्मक हुनुभन्दा अधैर्य,रुष्टता,ढाँट सामान्य बन्न जानु।उत्साही र केही सृजनशिल जस्तो भएपनि समस्या समाधान भन्दा सानो कामको ठूलो प्रचार गर्न खोज्ने,आजकलको भाषामा भाईरल हुने अतिसय महत्वाकांक्षा पाल्ने भयो।

-युवा पुस्ताप्रति नै भरोसा नभएको जस्तो बुझियो त । उसो भए यो पटक पनि शेर बहादुर देउवा र रामचन्द्र पोैडेल मध्येबाटै नेतृत्वमा आउंछन् वा आओस् भन्ने मनसाय हो त?

मैले तपाईको प्रश्नहरुको जवाफ दिने क्रममा को भन्दा पनि कस्तो हुनुपर्छ भन्ने आशयमा धेरै शब्दहरु खर्च गरिसकेको छु।संक्षेपमा भन्दा व्यक्ति भन्दा व्यक्तित्व खोज्ने हो हामीले।पात्र भन्दा पात्रता वा प्रवृत्ति परिवर्तन जरुरी छ भन्ने लाग्छ।तसर्थ उमेरले युवा भएपनि प्रवृत्ति युवा हुन सकेन। भन्नाले राजनीति विचार र सिद्धान्तले बढि निर्देशित हुनुपर्नेमा युवाहरुमा विचार भन्दा अवसरवाद हावी भएको देखियो।सत्य निष्ठावान् सहयोग समन्वय रचनात्मक र सृजनात्मक हुनुभन्दा अधैर्य,रुष्टता,ढाँट सामान्य बन्न जानु।उत्साही र केही सृजनशिल जस्तो भएपनि समस्या समाधान भन्दा सानो कामको ठूलो प्रचार गर्न खोज्ने,आजकलको भाषामा भाईरल हुने अतिसय महत्वाकांक्षा पाल्ने भयो।