आठ नेपाली विद्यार्थीलाई श्रीलंकामा छात्रवृत्ति


हरेकपल July 7, 2021

श्रीलंकाली टेक्नोलोजिकल क्याम्पस (एसएलटिसी)ले आठ नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) को पहलमा नेपाली विद्यार्थीले छात्रवृत्ति पाउने भएका हुन् ।

छात्रवृत्तिका लागि आवेदन दिने समय असार १६ सम्म रहेकोमा आठ दिन थप गरी यही असार २४ गतेसम्म पुर्याइएको छ ।

क्याम्पसले स्नातक तहको अध्ययनका लागि आइटी र कम्प्युटिङ डिग्री अध्ययन गर्न चाहने नेपाली विद्यार्थीका सो छात्रवृत्ति दिन लागिएको हो ।

जसमा क्लाउड कम्प्युटिङ, साइबर सेक्युरिटी, डाटा साइन्स, सफ्टवेयर इञ्जिनियरिङजस्ता विषय समावेश छन् ।