के नेता ?



हरिहर कार्की

संबिधान नमान्ने के नेता ?
दलको कमिटी पद्दति नमान्ने के नेता ?
पटक पटक संसद विघटन गर्ने के नेता ?
राज्यको अखन्ड़ता सार्बभौमिकताको पक्षमै नहुने के नेता ?
षड्यन्त्रै षड्यन्त्र हुने र षड्यन्त्रै षड्यन्त्र गर्ने र गराउने के नेता ?
भाषण धेरै न गरोस् काम गरोस् त्यो पो नेता !
राजनीति आवधिक हुन्छ भनेर नबुझ्ने के नेता ?
राजनीतिलाई आजिवनको पेशा ब्यबसायको रुपमा लिने के नेता ?
निस्वार्थ, निशुल्क र निशर्त हुन्छ भन्ने बुझेर पनि नबुझ्ने के नेता ?
खोक्रा पुलिन्दा भाषण र घोषणापत्र देखाएर माछो माछो भ्यागुतो भन्ने नाटक गर्ने के नेता ?
आफ्नो धर्ति बिर्सने के नेता ?
राजनीति मात्रै प्रधान भयो राष्ट्रिय उत्पादन न गराउने के नेता?
जनतालाइ निराशा दिने झेली खेलाडी के नेता ?
नयाँ केही त गरोस् भन्ने जनताको आशालाई धोका दिने के नेता ?
धोका धडी, षड्यन्न, छलछाम मात्रै गर्ने के नेता ?
देशैद्रोही बिखन्डनकारी के नेता ?
घरखेत पाखा पखेरो गरिबी निमुखालाई नपढने के नेता ?
तालीमै मात्र रमाउने के नेता ?
आफूले खाएको खोलेलाई बिर्सिने बोइलर के नेता ?
आफ्नै र आफना लागि मात्रै बाच्ने के नेता ?
व्यवसाय नेता बिहिन के नेता ?
बनाउने भन्दा भत्काउने के नेता ?
जनतालाई माया नगर्ने के नेता ?
संसारै परिवर्तन गर्छु भन्ने तर आफू मात्रै परिवर्तन हुने के नेता?
दलालीलाई पेशा ठान्ने के नेता ?
क्रान्ति र जनतालाई धोका दिने के नेता ?
राजनीतिलाई फोहोरी खेल मात्र बनाइदिने के नेता ?
विचार, आदर्श र व्यवहार नगर्ने के नेता ?
सामाजिक, आर्थिक समस्या हाल नगर्ने के नेता ?
नेता त यस्तो होस् यी सारा समस्यालाई दबाइ होस्
त्यस्तो पो नेता ।