नायिका जेनी कुवँरद्वारा आत्महत्या


Harek Pal July 9, 2021

काठमाडौं । नायिका जेनी कुँवरले आत्महत्या गरेकी छिन्। थापागाउँस्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएकी कुँवर बिहीबार राति झुण्डिएको अवस्थामा भेटिएकी हुन्।

उनी एक्लै बस्दै आएकी थिइन्। केही समय कलाकारितामा लागेकी कुँवर पछिल्लो समय धार्मिक क्रियाकलापमा संलग्न थिइन्।

पशुपति मन्दिर क्षेत्र परिसरमा गरेको गतिविधिका कारण कुँवर बारम्बार विवादमा आएकी थिइन्। काठमाडौं प्रहरी परिसरका प्रमुख अशोक सिंहले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए।

जेनी विगत १ बर्षदेखि डिप्रेशनमा थिइन् । उनी, विगत केही समयदेखि पशुपति मन्दिर परिसरमा साधुको अवतारमा पनि बसिरहेकी थिइन् ।
जेनीले चलचित्र ‘धुम, मैदान, मिस्टर डन, हलचल, घायल, जीवनदाता, त्यागी मान्छे, हाम्रो मिलन कहिले हुन्छ, विन्ती पत्र, अभिमन्यू’ लगायतमा अभिनय गरेकी थिइन् ।