सुनचाँदीको मूल्य घट्यो


हरेकपल July 18, 2021


काठमाडौं ।
सुनचाँदीको मूल्य आज घटेको छ। हप्ताको पहिलो दिन आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अस्ति शुक्रवार सुनको भाउ तोलामा ९३ हजार दुई सय रुपैयाँ थियो । यस्तै आज चाँदीको पनि भाउ घटेको छ । अस्ति शुक्रवार तोलामा १३ सय २० रुपैयाँ रहेको चाँदी आज १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।