कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि


Harek Pal July 21, 2021

काठमाण्डौ । कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि सुरु हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डको मङ्गलवार बसेको बैठकले साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म परीक्षा गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष डा चन्द्रमणि पौडेलले जानकारी दिए ।

विद्यार्थीहरूले आफूले अध्ययन गरेकै विद्यालयबाट परीक्षा दिन पाउने छन् । गएको जेठ २६ गतेदेखि सुरु गर्ने तय भएको परीक्षा कोरोना सङ्क्रमण जोखिमका कारण लगाइएको निषेधाज्ञाले गर्दा स्थगित भएको थियो । यस पर्ष सय पूर्णाङ्कै परीक्षा भौतिक उपस्थितीमा गर्ने पौडेलले बताए ।

गत वर्ष बोर्डले ४० प्रतिशतका लागि परीक्षा लिएर बाँकी ४० प्रतिशत मूल्याङ्कन कक्षा ११ को नतिजाका आधारमा र २० प्रतिशत आन्तरिक मूल्याङ्कनको आधारमा परीक्षा लिएको थियो । यो विधिको आलोचनासमेत भएको थियो ।

यस पटक तीन लाख ८६ हजार विद्यार्थीले परीक्षा फाराम भरेको परीक्षा नियन्त्रण कार्यलयले जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तोकेका स्वास्थ्यका माण्दण्ड पूर्ण रूपमा पालना गरेर परीक्षा सञ्चालन गरिने छ ।