जनताको पैसा असुरक्षित हुने काम नगर्नुस् – गृहमन्त्री खाँड


हरेकपल July 21, 2021

काठमाडौं, ६ साउन । नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँडले सहकारीकर्मीहरूलाई जनताको पैसा असुरक्षित हुने किसिमको कुनै पनि काम नगर्न निर्देशन दिनुभयो ।

नेशनल को–अपरेटर्स एलाइन्स नेपालका तर्फबाट गृहमन्त्रीलाई शुभकामना दिन गएका सहकारीकर्मीहरूलाई सम्बोधन गर्दै खाँडले बिपी कोइरालाको अवधारणा अनुरूप नेपालमा सहकारी सुरूवात भएको र नेपाली काङ्ग्रेसले जहिले पनि सहकारीको विकास र प्रवद्र्धनका लागि वातावरण तयार गरेको भन्दै सहकारीका नाममा कसैले गलत गर्छ भने त्यसलाई संरक्षण नगरिने बताउनुभयो ।

खाँडले सहकारीका सञ्चालकहरूले विधिसंगत र सहकारी मूल्यमान्यतामा अडिग रहेर जनताको पैसाको सदुपयोग गर्दै सदस्यको आर्थिक सामाजिक उन्नतिका लागि ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो । नेशनल को–अपरेटर्स एलाइन्स नेपालको केन्द्र र उपत्यकाका जिल्ला समिति तथा क्षेत्रीय समितिका सदस्यहरूले गृहमन्त्रीलाई बधाई ज्ञापन गरेका थिए ।