सुनको मूल्य सामान्य बढ्यो


Harek Pal July 30, 2021


काठमाडौं ।
नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । बिहीबार प्रतितोला ९२ हजार ४ सय रुपैयाँमा खरिद बिक्रि भएको छापावाल सुनको मूल्य आज ५ सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुनको मूल्य ९२ हजार ९ सय रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुनको मूल्य आज प्रतितोला ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ । हिजो ९१ हजार ९ सय रुपैयाँमा किनबेच भएको थियो ।

यसैगरी, आज चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेको छ । महासंघको अनुसार चाँदी प्रतितोला १२ सय ८५ रुपैयाँमा कारोबार भैरहेको छ ।