दक्षिणपन्थीको मतियार माधव नेपाललाई एमालेमा ठाउँ छैन : केपी ओली


हरेकपल July 31, 2021

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालका लागि अब पार्टीमा कुनै ठाउँ नभएको कुरा दोहोर्याएका छन् ।

काठमाडौं जिल्ला कमिटीको बैठकमा बोल्दै ओलीले नेपालले आफ्नो नेतृत्वको सरकारलाई ढालेर दक्षिणपन्थी सरकार बनाएको भन्दै नेपाललाई एमालेमा ठाउँ नभएको बताएका हुन्।

नेपालले निर्लज्ज गतिविधि गरिरहेको र दक्षिणपन्थीको मतियार भएको आरोप लगाउँदै ओलीले नेपाल बाहेकका नेताहरुलाई भने आफू पार्टीमा स्वागत गर्न तयार भएको बताएका छन्।

ओलीले नेपाल बाहेकका नेताहरुलाई एमालेमा आउन चाहनेलाई स्वागत गर्न आफू तयार रहेको भन्दै ओलीले त्यसका लागि संवाद भइरहेको बताए।

यसअघि पनि ओलीले असार ३० गते बालुवाटारबाट बिदाइ भएपछि आफ्नो निजी निवास बालकोट पुगेर नेपाललाई गद्दार घोषणा गरेका थिए ।