राजधानीमा नेपाल पक्षको विद्यार्थी संगठन अखिल फोर्सको शक्ति प्रदर्शन


हरेकपल July 31, 2021

नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको विद्यार्थी संगठन अखिल फोर्सले राजधानी काठमाडौंमा मा शक्ति प्रदर्शन गरेको छ।

अनेरास्ववियु केन्द्रीय कमिटीले शनिबार अखिल फोर्सले बृहत् मोटरसाइकल र्याली गरी भेला गरेको हो । अनेरास्ववियुको बृहत भेला बबरमहलस्थित कार्की बैंक्वेटमा जारी छ ।

भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले दार्चुलामा तुइन तर्ने क्रममा युवक महाकालीमा बेपत्ता भएको घटनाको छानबिन गर्न माग गरेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीपक्षले ब्युँताएको युथ फोर्सलाई टक्कर दिन भन्दै नेपालपक्षको अनेरास्ववियुले अखिल फोर्स गठन गरेको थियो।