ओलीलाई नेपालको काउण्टर : मैदान छोडिँदैन, तर्सेर भागिँदैन


हरेकपल July 31, 2021

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीसँग तर्सेर नभाग्ने बताएका छन् । काठमाडौं जिल्ला कमिटीलाई सम्बोधन गर्दै ओलीले नेपाललाई पार्टीमा ठाउँ नभएको बताएका थिए। त्यसको जवाफमा नेता नेपालले ओलीसँग तर्सेर नभाग्ने बताएका हुन् ।
ुु
अखिल फोर्सको भेलालाई काठमाडौंको कार्की बैंकेटमा सम्बोधन गर्दै नेपालले भने, तर्सेर भाग्ने कुरा आउँदैन। मैदान छाडने कुरा आउँदैन। सही तरिका अपनाउने कुरा हुन्छ। हामी जबजबाट अगाडि बढिरहेका छौं।

उनले ओली प्रवृत्तिको विरोध गर्नुपर्ने बताउँदै आफ्नो समूह अरुको आलोचना सुन्न तयार रहेको बताए। उनले भने, हामी अरुको आलोचना पनि सुन्छौं। यसर्थमा हामीले अगाडि बढ्ने कुरा के हो भने निरंकुश प्रवृतिलाई नियन्त्रण गर्ने हो ।

अखिल फोर्सलाई मर्यादित हुन र इमान्दार बन्न पनि नेपालले निर्देशन दिएका छन्। उनले ओलीलाई फेरि प्रधानमन्त्री हुन षड्यन्त्र नगर्न चेतावनी दिए।

अहिलेको सरकारले राम्रा काम गर्नुपर्ने बताएका नेता नेपालले राजतन्त्र ल्याउने कसैले सपना देखे त्यसलाई ढाल्ने चेतावनी दिए।