कमेडी च्याम्पियनका प्रमुख दाबेदार भरतमणि पौडेललाई कोरोना संक्रमण


हरेकपल August 7, 2021

कमेडी च्याम्पियनका प्रमुख दाबेदार प्रतिस्पर्धी ‘कमेडियन’ भरतमणि पौडेललाई कोरोना संक्रमण भएको छ।

अघिल्लो हप्ताको बुधबार कोरोनाको लक्षण देखिएपछि स्वाब परीक्षण गर्दा उनलाई आइतबार कोरोना पुष्टि भएको हो । गएको हप्ता स्वास्थ्य परीक्षण गर्दा उनलाई कोरोना पुष्टि भएको हो।

कोरोना संक्रमण देखिए पनि अहिले भने स्वास्थ्य अवस्था ठिकै रहेको र अहिले च्याम्पियनकै क्लोज क्याम्पमा आइसोलेट रहेको उनले बताएका छन् ।

कमेडी च्याम्पियन कान्तिपुर टेलिभिजनबाट हरेक शुक्रबार र शनिबार प्रशारण हुने गरेको छ।