प्रदिपको ‘खै त तिम्रो बुट्टे सारी’मा सुमी मोक्तान (भिडियो)


हरेकपल August 15, 2021

काठमाडौँ । गायक प्रदिप लामाले आफ्नो बिल्कुलै नयाँ गीत ‘खै त तिम्रो बुट्टे सारी’को म्युजिक भिडियो सार्वजनिक गरेका छन्। लोक सेलोमा आधारित यस गीतमा हस्त लामा ( हार्दिक )को शब्द, संगीत रहेको छ। युवा प्रेम र आकर्षणलाई रमाइलो तरिका बाट व्यक्त गरिएको यस गीतलाई जोगलाल लामाले संगीत संयोजन गरेका हुन्।

म्युजिक भिडियोमा चर्चित ग्रुप भीमफेदी गाइज र नायिका सुमी मोक्तान फिचर्ड छन्। सुर्य लामाले छायांकन र सम्पादन गरेको यस भिडियोलाई निर्मल कुमार लामा ( बिजी )को निर्देशनमा तयार पारिएको हो। गायक लामाको आधिकारिक च्यानल ‘प्रदिप लामा अफ़िसिएल’ मार्फत सार्वजनिक गरिएको हो।

विगत ८ वर्ष देखि नेपाली संगीतमा सक्रिय गायक लामाले यसअघि २ वटा गीतिसंग्रह सार्वजनिक गरिसकेका छन्। ‘मोहनी लाईदिउकि’, ‘मायाले बोलाको’,’हेलम्बु माथी’,’मायालुले’, लगायतका गीतहरु स्रोता माझ लोकप्रिय छन्। गायक लामाले नेपाली बाहेक, टिबेटिन, तामाङ, ह्योल्मो, भाषामा पनि गीत सार्वजनिक गरिसकेका छन्।

भिडियो