सुनको मूल्यमा गिरावट


Harek Pal August 25, 2021


काठमाडौं ।
नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ३०० रुपैयाँले घटेको हो । बुधबार छापावाल सुनको भाउ तोलाको ९१ हजार ३०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य पनि तोलाको ९० हजार ८०० रुपैयाँ निर्धारण भएको छ ।
यसअघि मंगलबार छापावाल सुनको भाउ तोलाको ९१ हजार ६०० रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९१ हजार १०० रुपैयाँ निर्धारण भएको थियो । यता, चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले बढेर १२ सय १० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ प्रतितोला १२ सय रुपैयाँमा कारोबार भएको थियो ।