यी हुन् श्रद्धा कपुरका नेपाली ब्वाइफ्रेण्ड


हरेकपल August 29, 2021

अभिनेत्री श्रद्धा कपुर नेपाली फोटोग्राफर रोहन श्रेष्ठसँग प्रेममा रहेको खुलासा भएको छ । लामो समयसम्म प्रेममा परेको चर्चा चलेको यो जोडी प्रायः कार्यक्रममा सँगै भेटिने गर्छन् ।

उनीहरुले अहिलेसम्म आफ्नो प्रेम सम्बन्धबारे खुलेर नबोले पनि यो गोप्य सम्बन्धलाई अर्को तहमा पुर्याउने तयारीमा देखिन्छन्।

श्रद्धाका नातेदार प्रियांक शर्मा र काकी पद्यमिनी कोल्हापुरेले उनको विवाहबारे संकेत दिएका छन्।

श्रद्धाकी काकी पद्यमिनीले उनीहरुको विवाह हुने निर्णय भएपछि सबैले थाहा पाउने बताएकी थिइन्। श्रद्धा र रोहनको सम्बन्धबारे अन्य कलाकारले पनि संकेत गरेका छन् ।

श्रद्धा प्रेममा रहेकी फोटोग्राफर रोहन श्रेष्ठ नेपाली हुन्। उनको जन्म भारतमा भएको थियो। उनका बुबा राकेश श्रेष्ठ चर्चित फिल्म फोटोग्राफर थिए र उनले ६ सयभन्दा बढी फिल्मका लागि काम गरेका थिए।