बागमती प्रदेशका सामाजिक विकासमन्त्री खनालले दिए राजीनामा


हरेकपल September 1, 2021

बागमती प्रदेशका सामाजिक विकासमन्त्री कृष्णप्रसाद शर्मा खनालले पदबाट आज राजीनामा दिएका छन् ।

नेकपा (एमाले)का तर्फबाट मन्त्री बनेका उनले नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेसँगै मन्त्रीबाट राजीनामा गरेका हुन् ।

उनले राजीनामा दिएसँगै अब प्रदेश सरकारमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यसहित आन्तरिक मामिला तथा कानुन एवं भौतिक पूर्वाधार विकासमन्त्री केशवराज पाण्डे मात्र रहेका छन् ।

प्रदेशसभाका १२ सदस्यले मंगलबार निर्वाचन आयोगको प्रदेश कार्यालयमा पुगेर नेकपा (एकीकृत समाजवादी)मा सनाखत गरेका थिए ।