अभिनेत्री ऋचा शर्माले छोरा जन्माइन्


हरेकपल September 8, 2021

अभिनेत्री ऋचा शर्मा मंगलबार राति आमा बनेकी छन् । उनले पहिलो सन्तानका रूपमा छोरालाई जन्म दिएकी हुन् ।

शर्मा कमेडी च्याम्पियन रियालिटी सोकी निर्माता तथा निर्णायक मण्डलको सदस्य पनि हुन् ।

उनी गत शुक्रबार नै कमेडी च्याम्पियनको निर्णायक मण्डलको भूमिकाबाट बिदा भएकी थिइन् ।

कमेडी च्याम्पियनको आधिकारीक फेसबुक पेजबाट पनि बुधबार उनले छोरा पाएको जानकारी गराइएको छ।

डेढ वर्ष अगाडि दीपेक्षविक्रम राणासँग विवाह गरेकी ऋचा मंगलबारबाट आमा बनेकी हुन् ।