काेरोना कहरकै बीच पशुपतिमा तीजको रमझम (फोटो फिचर)


हरेकपल September 9, 2021

काठमाडौं । आज हरितालिका तीज । हिन्दू नेपाली महिलाले आजको दिनलाई विशेष रुपले मनाउँछन् । काठमाडौं उपत्यकामा पशुपतिनाथ लगायतका शिवमन्दिरहरुमा तीज मेला लाग्ने गर्दछ ।

महिलाले मन्दिर तथा शिवालयमा भेला भएर शिवको पूजा गर्ने, नाचगान गर्ने गर्छन् । विवाहित महिलाले श्रीमानको सुस्वास्थ्य र दीर्घायुको कामना गर्न र अविवाहितहरुले असल वर पाउन व्रत बस्ने प्रचलन रहेको छ । कोरोना महामारीका कारण अघिल्लो वर्ष र यसपाली तीजको बेला पशुपतिनाथ लगायतका शिवालयमा पूजा गर्न जाने महिलाको ठूलो भीड छैन ।