विश्वकप क्रिकेट लिग टू: नेपाल ओमानसँग भिड्दै


हरेकपल September 14, 2021


काठमाडौं ।
आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत नेपालले आज घरेलु टोली ओमानसँग खेल्दै छ । यो खेल नेपाली समय अनुसार अपरान्ह सवा ४ बजेदेखि शुरुहुने छ ।
लिग(२ मा नेपालले ओमानसँग दुई खेल खेलिसकेको छ। सन् २०२० को फेब्रुअरीमा नेपालमा भएको सिरिजमा ओमानले नेपाललाई ८ विकेट र १८ रनले पराजित गरेको थियो।

हिजोदेखि ओमानमा सुरु भएको नेपाल, अमेरिका र ओमाबीचको त्रिकोणात्मक सिरिजमा नेपालले विजयी सुरूवात गरिसकेको छ।
अमेरिकाविरुद्ध सोमबार जित हात पार्दै सिरिजमा विजयी शुरुवात गरेकाले यस्तै प्रदर्शनको निरन्तरता दिने लक्ष्यका साथ हुँदा नेपाललाई रोक्ने रणनीति घरेलु टोलीको हुने छ । नेपालभन्दा ओमान बलियो टिम भएकाले खेल भने प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।
खेल तालिका

नेपाल भर्सेस अमेरिका – भदौ २८

ओमान भर्सेस नेपाल – भदौ २९

ओमान भर्सेस अमेरिका – भदौ ३१

नेपाल भर्सेस अमेरिका – असोज १

ओमान भर्सेस नेपाल – असोज ३

ओमान भर्सेस अमेरिका – असोज ४

सबै खेल सुरू हुने समय – दिउँसो ४स्१५ बजे

स्थान – अल अमिरत क्रिकेट रंगशाला, ओमान