दशैँका लागि अग्रिम टिकट बुकिङ खुलाउने तयारी


हरेकपल September 14, 2021


काठमाडौं ।
सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गर्ने तयारी भएको छ । दशैँका लागि अग्रिम टिकट बुकिङ खुला गर्न तयारी भएको हो ।
यातायात व्यवस्था विभागले दशैँका लागि असोजको दोस्रो साताबाट टिकट बुकिङ खुला गर्न प्रस्ताव गरेसंगै सोही अनुसार खोल्ने तयारी भएको हो ।

विभागले यातायात व्यवसायीहरुसँग छलफल गर्दै उपत्यका छोड्ने यात्रुहरुका लागि टिकट बुकिङ खुला गर्न लागेको हो । यसबारेमा सरकारसँग समेत छलफल गरिएको विभागले जनाएको छ ।
दशैँका समयमा टाढा जाने यात्रुहरुका लागि सहजता प्रदान गर्नका लागि सरकारले प्रत्येक वर्ष अग्रिम टिकट बुकिङको व्यवस्था गर्दै आएको छ ।