झापा पुगेर ओलीले भने– माधव नेपाल र प्रचण्डले कम्युनिस्ट आन्दोलन अघि बढाउन सक्दैनन्


हरेकपल September 14, 2021

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल र पुष्पकमल दाहाल प्रचण्डले नेपालको कम्युनिस्ट आन्दोलन अघि बढाउन नसक्ने बताएका छन् ।

मंगलबार गृहजिल्ला झापा पुगेर पूर्वप्रधानमन्त्री ओलीले माधव नेपालले पार्टी बनाउन नजानेको फुटाउन मात्रै जानेको आरोप लगाए । पार्टी फुटाएर गएका माधव नेपालले आगामी चुनावमा वडा सदस्य समेत जित्न नसक्ने उनको दाबी छ ।

उनले एमाले नफुटेको बरु चोइटिएको भन्दै ओजन नघटेको र पिलो पुलुत्त निस्केको मात्रै बताए ।

अध्यक्ष ओलीले प्रचण्ड पनि धोकेवाज, बेइमान छट्टू नेता भएको आरोप लगाए । प्रचण्डले आफन्तलाई मात्र संरक्षण गरेको आरोप लगाउँदै ओलीले उनी असल बाबु, काका, असल ससुरो र सम्धी भएको बताए ।

अहिलेको एमाले नेकपाकै निरन्तरता भएको भन्दै प्रचण्डले पनि आफ्नो गुटमात्रै लिएर गएको ओलीले बताए ।