एमसिसी संसदबाट पास गर्ने नीति नेपालकै चाहनामा : बाबुराम भट्टराई


हरेकपल September 14, 2021

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)को विरोध गर्न आवश्यक नरहेको बताएका छन् ।

मंगलबार सिन्धुलीमाढी पुगेका भट्टराईले नेपाल सरकारको विदेशी सहयोग बन्द गर्ने नीति नभएकाले एमसिसीको विरोध आवश्यक नरहेको बताएका हुन् । नेपालकै चाहनामा एमसिसी संसदबाट पास गर्ने नीति लिएको उनले बताए ।

उनले एमसिसीका विषयमा राज्यको स्पष्ट नीति हुनुपर्ने र विवादको कुनै आवश्यकता नभएको बताए । उनले राष्ट्रिय सहमति गरेर मात्र एमसिसि पास गर्नुपर्नेमा समेत जोड दिएका छन् ।