सोमप्रसाद पाण्डे र शारदादेवी भट्टले एकीकृत समाजवादी पार्टी रोज्न पाउने सर्वोच्चको आदेश


हरेकपल September 14, 2021

नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्य निर्वाचित सोमप्रसाद पाण्डे र राष्ट्रिय सभा सदस्य शारदादेवी भट्टले पार्टी रोज्न पाउने भएका छन् ।

नेकपा एकीकृत समाजवादीमा सनाखत गर्न निर्वाचन आयोगले रोकेपछि उनीहरु सर्वोच्च गएका थिए । सर्वोच्चले उनीहरुलाई पार्टी रोज्न पाउने आदेश दिएको छ ।

सर्वोच्च अदालतले मंगलबार नेकपा एमालेका सांसद सोमप्रसाद पाण्डे र शारदादेवी भट्टले नेकपा एस रोज्न पाउने गरी अन्तरिम आदेश दिएको हो ।

न्यायाधीश ईश्वर खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलासले सो आदेश दिएको हो ।