नेपालले दियो ओमानलाई एक सय ९७ रनको लक्ष्य


हरेकपल September 14, 2021

काठमाडौं ।

आईसीसी विश्वकप लिग टू अन्तर्गत एकदिवशीय क्रिकेटमा ओमानलाई नेपालले १९७ रनको लक्ष्य दिएको छ । अद एमिरेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल एक सय ९६ रनमा अलआउट भयो । नेपालका लागि आशिफ शेखले सर्वाधिक ९० रन जोडे । कप्तान ज्ञानेन्द्र मल्ल र रोहित पौडेल क्रमश व्यक्तिगत २१ र २० रनमा पभेलियन फर्किए ।

ओमानका लागि विलाल खानले १० ओभरमा ४७ रन दिएर सर्वाधिक ४ विकेट लिए । नेस्टोर धाम्बाले ५ ओभरमा २५ रन दिएर २ विकेट लिँदा मोहमद नदीमले ७ ओभरमा २८ रन खर्चिएर १ विकेट हात पारे ।