प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार


हरेकपल September 15, 2021

 प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले मन्त्रिपरिषद् विस्तार गरेका छन् । विद्यमान मन्त्रिपरिषदमा रहेका ३ सदस्यमा ५ जना नयाँ अनुहार थपेर उनले ८ सदस्यीय मन्त्रिमण्डल बनाएका हुन् ।

थप भएका मन्त्रीहरू संखुवासभाका तुलसीप्रसाद न्यौपाने आर्थिक मामिला तथा योजना र झापाका हिराकुमार थापा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

त्यस्तै सोलुखुम्बुका उत्तमकुमार बस्नेत उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री, मोरङका ज्ञानेश्वर राजवंशी भूमि, व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री र मोरङकै लिलाबल्लभ अधिकारी आन्तरिक मामिला तथा कानून राज्यमन्त्री बनेका छन् ।

मुख्यमन्त्री आचार्यले प्रदेश प्रमुखसमक्ष नयाँ मन्त्री, राज्यमन्त्री र नियुक्ति तथा मन्त्रालयको हेरफेर साथै कार्यविभाजनको जानकारी प्रदेश प्रमुखसमक्ष गराएका छन् ।

नबनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरुले पद तथा गोपनियताको शपथ समेत लिएका छन् ।